नामिबियाले नेपाललाई दियाे २ सय ७ रनकाे लक्ष्य, लफ्टी एटाेनले ताेडे कुशल मल्लकाे रेकर्ड

 फागुन १५, २०८० मंगलबार १३:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायाे । नामिबियाका जान निकाेल लफ्टी एटाेनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लकाे रेकर्ड ताेडे । यसअघि नेपालका कुशल मल्लले मङ्गाेलियासँगकाे खेलमा ३४ बलमा शतक बनाएका थिए । लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान राेहित पाैडेलले २ विकेट लिए ।

आजदेखि शुरु भएकाे शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले याे शृङ्खलालाई आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रूपमा लिएको छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया