सरोज खनालले एक्टिङ स्कुल खोले

 कात्तिक २८, २०७५ बुधबार १४:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेता सरोज खनालले शुरु गरेको एक्टिङ स्कुलको उद्घाटन मंसिर १ गते गरिने भएको छ ।

दसैँ र तिहारको बीचमै उद्घाटन गर्ने तयारी भए पनि दसैँ र तिहार सकेपछि  यस स्कुलको उद्घाटन गर्न लागिएको हो । माला आर्टस एकेडेमी नाम राखिएको यो स्कुल दरमार्गमा रहेको बेन्ट्ले जुत्ता पसलको दोस्रो तलामा छ । 

मंसिर १ गते उद्घाटना गरेसँगै अभिनय कोर्षको शुरुवात हुने बुझिएको छ । एक्टिङ स्कुलको उद्घाटनमा सिनेमा क्षेत्रका सबै कलाकारहरुलाई निम्ता गर्ने सरोजको योजना छ । आउँदो योजना अनुरुप उहाँले सबैलाई कार्डहरु पनि पठाइरहेका छन् । 

उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोही नतोकिएको भन्दै सरोजले अग्रजहरु सत्यमोहन जोशी र हरिहर शर्मालाई विशेष आसनको योजना गरिरहेको बताउनुभयो ।

माला आर्टस एकेडेमी सञ्चालनमा ल्याउन ५० लाखको लगानी लागेको सरोजले बताएका छन् । यस स्कुलमा सरोज खनालका साथै चन्द्र माला शर्मा, वीरेन्द्र हमाल, सूर्य माला खनाल लगायतको पनि सहकार्य रहेको बुझिएको छ ।

भर्ना खुल्ला भइसकेको एकेडेमीमा कलाकार बन्नका लागि आवश्यक पर्ने कोर्षको प्रशिक्षण दिइने कलाकार वीरेन्द्र हमालले जानकारी दिए । तीन महिने कोर्षका लागि प्रति महिना २० हजार शुल्क तोकिएको छ ।

एउटा कोर्ष पूरा गर्न ३ महिना लाग्ने छ भने त्यसका निम्ति ६० हजार शुल्क लाग्ने छ । प्रशिक्षणमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न अवसरहरु समेत दिइने छ ।

चलचित्र क्षेत्रमा लामो समय बिताएका कलाकारहरु नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्लसँगै सरोज खनाल स्वंयमले आफ्नो अनुभव साट्नेछन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया