टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपालसँगको खेलमा नेदरल्यान्ड्स ब्याटिङमा

 फागुन १६, २०८० बुधबार १२:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा अहिले नेपाल र नेदरल्यान्ड्स खेलिरहेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेको छ । पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले ताजा अवस्थामा  ८ ओभर पाँच बलमा ‌२ विकेट गुमाएर ७७ रन बनाएको छ।

नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अभिनाश बोहोराको ठाउँमा ललित नारायण राजवंशी र प्रतिश जिसी समेटिएका छन् ।

त्रिदेशीय शृङ्खलामा  नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपालको आज दोस्रो र नेदरल्यान्ड्सको यो पहिलो खेल हो । नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि लिग–२ अन्तर्गत भएका चार खेलमध्ये नेपाल दुई वटा खेलमा नामिबियासँग हारेको थियो । त्यस्तै एउटा खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने एउटा खेलमा हार ब्यहोरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया