विश्व स्वास्थ्य सङ्गठन सोमालियामा हैजाको प्रकोप रोक्न थप कोष खोज्दै

 फागुन १८, २०८० शुक्रबार ६:५६:४६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमालियामा हैजाको प्रकोपलाई नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियामा गएको वर्ष अक्टोबरमा बाढीबाट प्रभावित केही ठाउँहरूबाट विभिन्न जिल्ला हुँदै हैजा देशैभर फैलिएको थियो । अहिलेको हैजाको प्रकोप गएको वर्षको प्रकोपको निरन्तरता हो ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्युएचओले अहिलेको प्रकोपलाई नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधिहरूको कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । सोमालियाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ शुरु भएपछि त्यहाँ अहिलेसम्म २ हजार ९ सय ४३ हैजाका नयाँ बिरामी  फेला परेका र २६ जनाको ज्यान गएको छ ।

डब्लुएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापित व्यक्तिहरूका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ। यसले छिमेकी इथियोपियामा समेत नयाँ हैजाको प्रकोप पुष्टि भएको खबरमा उल्लेख छ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया