काठमाण्डौ महानगरपालिकाले बागदरबारलाई सबलीकरण गर्ने

 फागुन २०, २०८० आइतबार १०:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । भवनलाई उर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि विल्डिङ् इनर्जी एफिसियन्सी इन नेपाल (बीन) सँग सम्झौता भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

बागदरबारको सबलीकरण गर्दा उर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरुलाई उर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन् ।

पुरातात्विक महत्व भएको बागदरबारको सवलीकरण गर्दा प्रयोग गरिने निर्माण सामाग्री, पर्खाल, जग र छानाको अवस्था, कोठाहरु तताउन वा हावालाई दोहोरो आउने जाने बनाउन, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउन र यी अवस्था सिर्जना गर्दा प्रदूषण कम गराउने विधि अपनाउने विषयमा अध्ययन हुनेछ । यसका आधारमा डिजाइनसमेत तयार पारिने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया