काठमाण्डौमा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुने

 फागुन २२, २०८० मंगलबार ९:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – ब्लड डोनर्स एसाेसिएसन नेपाल (ब्लोदान) को आयोजनामा काठमाण्डौमा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुने भएको छ । यही फागुन २६ र २७ गते अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुन लागेको ब्लोदानले जनाएको छ । सम्मेलनको मुख्य नारा ‘स्वयमसेवी रक्तदाता अभिवृद्धि गरौँ’ भन्ने रहेको छ ।

नेपालको स्वयमसेवी रक्तदान र रक्तदान कार्यक्रमहरु तथा रक्तसञ्चार सेवाबारे अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउनु सम्मेलनको मुख्य उद्देश्य रहेको ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले बताउनुभयो । सम्मेलनमा विश्वको स्वयमसेवी रक्तसञ्चार सेवामा भएका विकासक्रमबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया