पपुवा न्युगिनीसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

 फागुन २९, २०८० मंगलबार ६:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ।कोङ मैदान हङकङमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्दैछ ।

अस्ति भएको खेल पानीका कारण रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाँडेका थिए । नेपाल आज विजयी भएमा फाइनलमा पुग्ने सम्भावना बलियाे हुने छ ।  पीएनजीसँग भएका पछिल्ला तीन वटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ ।

पीएनजीले आजै हङकङसँग खेल्नेछ । फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टी देसाईले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया