बोक्सी आरोप लगाउने श्रीमान जेलमा

 कात्तिक २९, २०७५ बिहिबार ११:२४:५१ | रासस
unn.prixa.net

कास्की – बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । 

अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।

घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 

याे अभियोगमा गएकाे जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो ।

न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसाला गर्नुभएको हो । घटनामा परिवारका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया