हङकङलाई १० विकेटले हराउँदै पीएनजी फाइनलमा, उपाधिका लागि भोलि नेपालसँग खेल्ने

 फागुन २९, २०८० मंगलबार १४:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो ।

हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले १२ रन अतिरिक्त दियो ।

यसअघि घरेलु मैदान मोङ कोकमा टस जितेर ब्याटिङ गरेको हङकङ १८ ओभर ३ बलमा १ सय २१ रनमा अल आउट भयो । हङकङका जेशान अलीले नट आउट ५५ रन बनाए । पीएनजीका कबुआ मोरे, अलेई नाओ, असाद भाला र सेसे बाउले समान २ विकेट लिए ।

अब पीएनजीले फाइनलमा भोलि नेपालसँग खेल्नेछ । यसअघि आजै भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया