त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी खेल्दै

 फागुन ३०, २०८० बुधबार ६:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन् । फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ । हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको हो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक/एक अङ्क बाँडिएको थियो । हिजो नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो । पीएनजीले हिजो दुई खेल खेलेको थियो ।

यसअघि नेपाल र हङकङबीच आइतबार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक/एक अङ्क बाँडिएको थियो । हङकङले तेस्रो स्थानका लागि अहिले हङकङ ‘ए’ टोलीसँग खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ गरेको हङकङले–हङकङ ए टोलीलाई जितका लागि २ सय ३६ रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया