वर्तमान सत्ता गठबन्धन नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा छ : प्रधानमन्त्री

 फागुन ३०, २०८० बुधबार १४:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको बताउनुभएको छ ।

आज बुधवारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो आलोचना गर्नेहरूप्रति लक्षित गर्दै आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताउनुभयो । उहाँले आफूले विगतमा पनि देश सङ्कटमा रहँदा प्रतिपक्ष नभई सरकारकै सहयोगमा लागेको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरूलाई भन्न चाहन्छु, मैले कहिले शोक गीत गाउँदै हिँडिनँ । मैले कहिल्यै त्यस्तो आरोप लगाइनँ । म अहिले यो पनि सम्झिरहेको छु– त्यो बेला सुशील कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली नागरिककाे पक्षमा छु भनेको थिएँ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको जिकिर गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया