मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता लिने तत्कालीन वडाध्यक्षविरुद्ध मुद्दा दायर

 फागुन ३०, २०८० बुधबार १८:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सल्यानको शारदा नगरपालिका वडा नम्बर–३ का तत्कालीन अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

थापाले मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता निकासा गरी आफैँले बुझिलिएको पाएपछि आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । थापाले मृत्यु भइसकेका व्यक्तिको नामको ५१ हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ ।

तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुरमा जरिबाना र कैद सजायको माग गरी आरोपपत्र दायर भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया