राष्ट्रिय सभाका विषयगत समितिका सभापतिकाे चुनाव चैत ४ गते

 फागुन ३०, २०८० बुधबार १८:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ — राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनाव आउँदो चैत ४ गते हुने भएको छ । राष्ट्रिय सभाकाे आजको बैठकमा समिति सभापतिहरूको चुनावकाे मिति तोकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनावका लागि चैत ४ गते आइतवारको दिन तोकेको जानकारी गराउनुभयो ।

उहाँले समिति सभापतिहरूको चुनावसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्याललाई निर्देशन पनि दिनुभयो । राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया