एट्लेटिको र बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा

 चैत १, २०८० बिहिबार ६:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड यूइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । गएराति भएको दोस्रो लेगको खेलमा एट्लेटिकोले इन्टर मिलानलाई २–१ ले हरायो ।

समग्रमा ३–२ को नतिजासहित एट्लेटिको अन्तिम आठमा पुगेको हो । यस्तै, बोरुसिया डर्टमन्डले पीएसभीलाई २–० गोलले हरायो । आर्सनल, बार्सिलोना, बार्यन म्युनिख, पेरिस सेन्ट जर्मेइन, रियल मड्रिड र म्यान्चेस्टर सिटी यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया