एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

 चैत १, २०८० बिहिबार ७:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर


काठमाण्डौ – अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न निर्देशन दिएको छ । एन्फाले राखेपको स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको उल्लङ्घन गरेको भन्दै मन्त्रालयले कारबाही गर्न भनेको हो ।

खेलकुद ऐन अनुसार लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएकोले कानून बमोजिम कारवाही गरी यसको जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

विश्वकटप फुटबल छनोट अन्तर्गत बहराइनमा हुने खेल र मलेसियामा हुने तयारीको लागि १० जना अनावश्यक व्यक्तिहरु सहभागी हुन गएको समाचारपछि मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तै, दशरथ रङ्गशालामा अनावश्यक कार्यक्रम गर्न दिएकै कारण मैदानको अवस्था बिग्रिएको र बहराइनसँग घरेलु मैदानमै खेल्न पाउने खेल पनि उसकै मैदानमा खेल्नुपर्ने भएको छ । यसबारेमा पनि मन्त्रालय रुष्ट भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया