अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने सम्भावना धेरै

 चैत १, २०८० बिहिबार ९:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको बेला रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाइन्छ ।

डाक्टरहरुका अनुसार अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने सम्भावना धेरै हुन्छ । ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल जाने गरेका छन् । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न डाक्टरले सुझाव दिंदै आएका छन् ।

दिनमा दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउन, दिनमा १० हजार पाइला हिँड्न, रातमा सात/आठ घण्टा सुत्न, चुरोट, खैनी, जाँडरक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहन तथा मोटोपना, रक्तचाप भए घटाउन उनीहरुको सल्लाह छ । डाक्टरहरुका अनुसार स्वस्थ खाने, समयमा खाने, पेनकिलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ ।

यसैबीच मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि सजिलै पालो नपाउँदा बिरामी समस्यामा पर्ने गरेका छन्  । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न समस्या छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया