धरानबाट भाेजपुर जाँदै गरेकाे जीप उदयपुरमा दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे

 चैत १, २०८० बिहिबार १३:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेकाे जीप उदयपुरकाे मैनमैनीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएकाे छ ।

दुर्घटनामा छ जनाकाे घटनास्थलमै ज्यान गएकाे र अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले उज्यालाेलाई जानकारी दिनुभयाे । को १ ज २५९३ नम्बरको जीपमा १४ जना सवार रहेका सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको परिचय खुलिसकेकाे छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया