च्याम्पियन्स लिग क्वार्टरफाइनल 'ड्र' : सिटीले रियल मड्रिडसँग र आर्सनलले बार्यनसँग खेल्ने

 चैत २, २०८० शुक्रबार १७:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल 'ड्र' सार्वजनिक भएको छ । स्विट्जरल्यान्डकाे नियाेनमा आज क्वार्टरफाइनल 'ड्र' सार्वजनिक भएकाे हाे ।

'ड्र' अनुसार म्यान्चेस्टर सिटी र रियल मड्रिडबीच फेरि एक पटक प्रतिस्पर्धा हुने भएको छ । गएको संस्करणको सेमिफाइनलमा सिटीले मड्रिडलाई समग्रमा ५–१ ले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । यसपालि यी दुईको भेट क्वार्टरफाइनलमै भएको हो । मड्रिडले १४ पटक उपाधि जितिसकेको छ ।

क्वार्टरफाइनलकै अन्य खेलमा पीएसजी र बार्सिलोना, एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड, आर्सनल र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुने भएको छ । क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ९ र दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया