बसन्तपुरमा चीर ठड्याएसँगै शुरु भयो होली

 चैत ४, २०८० आइतबार ९:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौको बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । होलीको चीर ठड्याइएसँगै आजदेखि विधिवतरूपमा फागु पर्व अर्थात होली पर्व शुरु भएको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।

फागु अर्थात् होली पर्व शुरु भएको जनाउ दिन बसन्तपुरमा चीर ठड्याउने गरिन्छ । बसन्तपुरको गद्दी बैठक दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

यस वर्ष होली काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा चैत ११ गते र तराईका जिल्लामा १२ गते मनाईंदैछ । बसन्तपुरमा ठड्याइएको चीर फागुन शुक्ल पूर्णिमाको रात टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया