म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे

 चैत ५, २०८० सोमबार १५:१९:४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वारतर्फ गुडिरहेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना हुँदा गाडी धनी एवम् चालक ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका २७ वर्षका लालबहादुर तिलिजाको ज्यान गएको अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण पाइजाले जानकारी दिनुभयो । सडकदेखि तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट श्रेष्ठ र तिलिजाको शव भेटिएको उहाँले बताउनुभयो ।

हिजो राति पोखरेबगरबाट हिँडेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान भिरमा अड्किएको अवस्थामा फेला परेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया