रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय प्रमुखकाे ज्यान गयाे

 चैत ५, २०८० सोमबार १५:११:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुपन्देही – रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय मझगावा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको ज्यान गएको छ ।

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि गए राति भएको दुर्घटनामा परेर रुकुमको मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षका रावतको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

बा २१ च ७५५३ नम्बरको कारले प्रदेश ३–०२ ००१ ब ४८० नम्बरको मोटरसाइकलमा चढेका रावतलाई ठक्कर दिएकाे थियाे । कारका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का अलाउद्दिन मुसलवानलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया