चीनले 'गम्भीर अवस्था' काे सामना गरिरहेकाे छ : चिनियाँ राष्ट्रपति सी जिनपिङ

 माघ १२, २०७६ आइतबार ७:५३:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा कोरोना भाइरस फैलिने क्रम तीव्र भइरहेको छ । यही अवस्थालाई लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै ‘गम्भीर अवस्था’ निम्तिएको बताएका छन् ।

कोरोना भाईरस तीव्र गतीमा फैलन थालेपछि राष्ट्रपति सी ले चिनियाँ उच्च अधिकारीहरुको विशेष बैठक डाकेर गम्भीर समस्यामा रहेको देशको अहिलेको खतरापूर्ण अवस्थालाई सहजतातर्फ लैजान निर्देशन दिनुभयो । 

चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा सार्वजनिक बिदाकै दिन डाकिएको बैठकमा राष्ट्रपति सी ले सचेत रहन नागरिकलाई पनि आग्रह गर्नु भएको छ ।

चिनियाँ शहर वुहानमा पहिलो पटक सङ्क्रमण देखिएपछि अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ भने एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् । 

वैज्ञानिकहरुले चेतावनी दिँदै चीनमा फैलिइरहेको घातक कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न असम्भव हुन सक्ने बताएका छन् । 

विश्वको सङ्क्रमित रोगका बारेमा अध्ययन गर्ने लण्डनको एमआरसी सेन्टरले भनेको छ, ‘यो भाइरस मानिसबाट मानिसमा सङ्क्रमण हुने हुँदा यसको अवस्थाला कस्तो छ भनेर बुझ्न सकिन्छ ।’ सेन्टरका अनुसार एक जनाबाट कम्तीमा अन्य दुई जनामा यसको सङ्क्रमण फैलिइरहेको छ । 

तर वैज्ञानिकहरुले यो भाइरसबाट बच्नका लागि चीन गरिरहेको प्रयासलाई सहरानीय भनेका छन् । 

कैयौँ प्रभावित शहरहरुमा यात्रा प्रतिबन्ध लगाइएको छ । आइतबारबाट कोरोना भाइरस फैलिएको  वुहान शहरको केन्द्रिय जिल्लाको निजी सवारीसाधनमा पनि प्रतिबन्ध लगाइने भएको छ । 

यसैबीच चीनले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम भइरहेको छ । 

 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया