काेराेना खाेप : बेलायतले फाइजर कम्पनीकाे खाेपलाई दियाे अनुमति

 मंसिर १७, २०७७ बुधबार १३:३१:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । 

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो । 

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । 

बेलायतले यसअघि नै चार करोड खोपको डोज माग गरिसकेको छ । प्रत्येकले खाेपकाे दुई डाेज दिइनेछ, अर्थात् अहिले दुई कराेड जनाले खाेप लगाउन पाउनेछन् ।

 याे पनि पढ्नुहाेस्

फाइजर कम्पनीकाे खाेप सबैभन्दा छिटाे विकसित भएकाे खाेप हुनेछ, जसलाई बनाउन १० महिना लाग्याे । 

सामान्यतया यस्ताे खाेप तयार हुन एक दशकसम्म लाग्ने गर्दछ । ​

यद‍्यपि विशेषज्ञहरूका अनुसार खाेपकाे प्रयाेगपछि पनि मानिसहरूले सङ्क्रमण नफैलिन दिन नियमहरूकाे पालना गर्नुपर्नेछ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया