भारतको दिल्लीमा भाजपालाई दुई तिहाइ बहुमत
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेशन र आवेदन फारम खुलाए पनि परीक्षा मिति र परीक्षाको विधिबारे भने अझै टुंगो लगाउन सकेको छैन ।
चैतमा हुँदै आएको एसईईको परीक्षा जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । चैत, वैशाखसम्म विद्यार्थीलाई पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसैअनुसार तयारी भइरहेको जनाएको छ । तर परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन ।
विद्यार्थीको भौतिक उपस्थिति, अनलाइन या अरु कुन माध्यमबाट सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि आजदेखि माघ २१ गतेसम्म रजिस्ट्रेशन र आवेदन फारम भरिसक्न बोर्डले सूचना निकालेको छ ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्यौलकाबीच यसपालि राजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो । २०७६ सालमा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।