माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

 चैत २६, २०७७ बिहिबार १५:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ ।

नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ । 

गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र कैलाली ३ का गौरीशङ्कर चौधरीलाई पार्टीबाट निलम्बन गरिएकाले सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो । 

तत्कालीन नेकपालाई सर्वोच्च अदालतले खारेज गरेर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादीका चार सांसद एमालेमा प्रवेश गरेका थिए ।  

नेकपा माओवादी केन्द्रले गएकाे मङ्गलवार चार जना मन्त्रीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियाे । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया