यी हुन् देउवालाई प्रधानमन्त्री गराइ पाउँ भन्दै रिटमा हस्ताक्षर गर्ने एमालेका २३ सांसद

 जेठ १०, २०७८ सोमबार १६:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  नेकपा एमालेका २३ सांसद आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएका छन् । उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने रिट निवेदनमा हस्ताक्षर गरेका हुन् । 

सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने र संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको छ । 
रिट निवेदनमा माधव नेपाल समूहका नेताहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डेलगायतले हस्ताक्षर गरेका छन् । 

यस्तै कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरु, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, भीम रावल, कलिला खातुन र रामकुमारी झाँक्रीले पनि हस्ताक्षर गरेका छन् । यस्तै झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपक प्रकाश भट्ट र नारायण खतिवडाले पनि हस्ताक्षर गरेका छन् ।

नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् । 

 याे पनि पढ्नुहाेस् 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Coronavirus ko time k ho ho bujhanai garo po chha

    May 24, 2021, 4:56 p.m.

    नेपाल राष्ट्र को राजनीतिक खिचातानीले गर्दा धेरै जनताको पक्षमा संविधानको मस्यौदा नेताहरुले बताएका थिए जसले यिनको लाग्यो समाजमा विद्यमान ब्याक्तिले मिलेर बनाएको कानुन बनाउन सफल भए

  •  0 Reply

तपाईको प्रतिक्रिया