ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – नेकपा एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । साेमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।
गएकाे शनिवार स्पष्टीकरण मागिएकाहरूले स्पष्टीकरण नबुझाएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।
सांसदहरू नेपाल, खनाल र रावलसहित रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्कालाई समेत एमालेले कारबाही गरेको हो ।
यसैबीच नेकपा एमालेका २३ सांसदले आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएर सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा हस्ताक्षर गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने रिट निवेदनमा उनीहरूले हस्ताक्षर गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।