मेलम्ची उर्लिरहेकाले सतर्क रहन प्रशासनकाे आग्रह

 साउन १७, २०७८ आइतबार ९:१:१९ | रासस
unn.prixa.net

रासस

सिन्धुपाल्चोक - मेलम्ची किनाराका बासिन्दालाई थप क्षति हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरिएकाे छ । मेलम्ची उर्लिरहेकाले क्षतिकाे सम्भावना बढेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले  सतर्क रहन आग्रह गरेकाे हाे । 

शनिवार रातिदेखि आएको बाढीले राताे पुल बगाइसकेकाे र ग्यालथुम बजारसमेत जोखिममा रहेकाले सजगता अपनाउन आग्रह गरिएकाे  प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । 

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल समेत बगाएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा ग्याल्जेन शेर्पाले​ नाकोते खोलामा बाढी आएकाले मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई रातिदेखि नै सतर्क हुन अनुरोध गरिएकाे बताउनु भएकाे छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया