जुम्लामा मतदान गर्नेमा पुरुषभन्दा महिला धेरै

 मंसिर ४, २०७९ सोमबार ०:२९:१६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा पुरुषले भन्दा बढी महिलाले मतदान गरेको पाइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुुसार जम्मा ४५ हजार ६५ मत खसेको छ । 

उहाँका अनुसार जु्म्लामा महिला मतदाताले बढी मतदान गरेका छन् । खसेको कुल मतमध्ये २३ हजार एकसय दुई जना महिला र २१ हजार नौसय ९७ पुरुष मतदाताले मत हालेका छन् । 

जुम्लामा ६८ हजार ६३८ मतदातामध्ये ३२ हजार ९३८ महिला र ३५ हजार ७ सय पुरुष रहेका थिए । 

याे पनि

 


अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया