नासाले पृथ्वीका नदीहरूमा बग्ने पानीको अनुमान गर्ने

 बैशाख १५, २०८१ शनिबार १५:१९:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी अन्तरिक्ष निकाय नासाले गरेको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । पृथ्वीको जलचक्र बुझ्न र ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न उपलब्ध पानीको विवरण महत्त्वपूर्ण रहेको नासाका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नासाको 'स्ट्रिम–गेज' मा विश्वभरका झन्डै ३० लाख वटा नदीलाई कम्प्युटर मोडेलहरूसँग जोडिएको छ । 'स्ट्रिम गेज' पानीको सतहको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।

'नेचर जियोसाइन्स' मा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कुल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी उपग्रहको तथ्याङ्कहरूबाट गर्न सकिने नासाले बताएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया