उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको आज २६ औं वार्षिकोत्सव

 बैशाख १६, २०८१ आइतबार ८:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले आज २६ औँ वार्षिकोत्सव मनाउँदैछ । २०५५ साल वैशाख १६ गते स्थापना भएको कम्यूनिकेसन कर्नरले रेडियो तालिम र रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै २०५८ सालदेखि रेडियो नेटवर्कबाट बिहानी समाचार पत्रिका कायाकैरन शुरु गरेको थियो ।

संस्थाले २०६३ सालदेखि देशव्यापी स्याटलाईट रेडियो, काठमाण्डौमा उज्यालो एफएम ९० मेगाहर्ज र २०६८ सालदेखि 'उज्यालो अनलाइन डटकम' सञ्चालन गर्दै आएको छ । कम्यूनिकेसन कर्नर स्थापना भएको २६ वर्षसँगै नेपालमा स्वतन्त्र रेडियोको यात्रा पनि तीन दशक पुग्न लागेको छ ।

पछिल्लो समय रेडियोसँगै टेलिभिजन, पत्रपत्रिका र अनलाइनमा सङ्कट देखिन थालेको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनभन्दा न्यू मिडिया र सामाजिक सञ्जाल अगाडि देखिन थालेका छन् । तर नयाँ माध्यमप्रति विश्वसनियताको कमी छ ।

मूलधार भनिने आमसञ्चारका माध्यममा सङ्कट देखिँदा अनि नयाँ र वैकल्पिक माध्यमले विश्वसनियता देखाउन नसक्दा सही र कामलाग्दा सूचना प्रवाहमै समस्या देखिएको सञ्चार क्षेत्रका विज्ञ बताउँछन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया