एमालेसँग एक्लै चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनेकाे हाे : अध्यक्ष ओली

 असोज ७, २०७९ शुक्रबार २०:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै लड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा जान बाध्य भएको बताउनु भएको छ । 

राष्ट्रिय युवा सङ्घ, नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । साथै उहाँले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी समेत गर्नु भएकाे छ । 

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीले हराउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको दाबी गर्नुभयाे । 

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै देशको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहोर्याउनु भयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया