काठमाण्डौ महानगरको आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित

 असार ३०, २०८० शनिबार ८:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको छ ।

उपमेयर सुनिता डङ्गोलले गएको असार १० गते २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा पेश गर्नुभएको थियो । हिजो बसेको नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गरेपछि पारित भएको हो । महानगरले चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरेको छ ।

असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेका थिए । विरोधपछि बैठक २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल हिजो सकिएपछि नगरसभाबाट बजेट पारित भएको हो ।

महानगरले आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १४ करोड धेरै बजेट ल्याएको छ । बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ समेटिएको छ । 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया