ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

१७ जनासँग धरौटी माग, एक जनालाई साधारण तारेख

 भदौ २४, २०८० आइतबार १६:२५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अरू काेसँग कति धराैटी माग ?

अदालतले शिवजी भट्टसँग तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग सात लाख ५० हजार, कलाधर देउजासँग १५ लाख रुपैयाँ धराैटी माग गरेकाे छ । त्यस्तै घमनकुमार कार्कीसँग सात लाख ५० हजार, गोपाल कार्कीसँग सात लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग सात लाख ५० हजार, नारायणराज मिश्रसँग सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग सात लाख ५० हजार रुपैयाँ धरौटी माग भएकाे छ । साथै अदालतले ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सकलानन्द महर्जनसँग एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग एक लाख १० हजार र लोकरी घिमिरेसँग एक लाख ५० हजार रुपैयाँ धराैटी माग गरेकाे छ ।

ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ ।

२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया