विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीकाे दरबन्दी बढाउँछु : स्वास्थ्यमन्त्री

 असोज १५, २०८० सोमबार १९:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको छ ।

आज सोमवार काठमाण्डाैमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रममा मन्त्री बस्नेतले यस्ताे बताउनुभएको हो । उहाँले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गर्नुभयो । उहाँले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसका लागि विशेष बजेट ल्याउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन् । मैले कसैको कुरा नसुनेर गाउँमा स्वास्थ्यकर्मी पठाइदिएको छु । यो इतिहासमै पहिलो पटक हो नेपालमा । दरबन्दी एक चौथाइ मात्रै छ । चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु । पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भने पनि गर्ने हो । संविधानमा लेखिएजस्तै हामीले काम गर्नुपर्छ । गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु । हामी सुधारको प्रक्रियामा लागेका छौँ ।’

मन्त्री बस्नेतले अहिंसात्मक माध्यम र तरिक अपनाउन नसके समाजमा राम्रो नहुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया