टाटा म्याक्सचेञ्ज मेलाको आज अन्तिम दिन

 मंसिर १७, २०८० आइतबार ८:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा लि ले आयोजना गरेकाे म्याक्सचेञ्ज मेलाको आज आइतवार सकिँदैछ । मङ्गसिर १५ गतेदेखि शुरु भएको मेलाकाे आज अन्तिम दिन हाे ।

आफूसँग भएको गाडी एक्सचेञ्ज गरेर टाटा कार किन्न इच्छुक ग्राहकलाई लक्षित गरिएको मेलामा उत्साहजनक सहभागिता रहेको पाइएको छ । मेलामा विशेषगरी नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स गाडी किन्न चाहनेहरुको सहभागिता धेरै देखिएको छ ।

म्याक्सचेञ्ज मेला आज आइतवारसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरीको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ । आज मेलाको अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन पनि कम्पनीले अनुरोध गरेको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन ।

म्याक्सचेञ्ज मेलामा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ पनि गर्न सकिने कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया