मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर

 माघ २२, २०८० सोमबार ९:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिएकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया