दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ६ नेपालीसहित १९ जनाको ज्यान गएपछि नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो ।
विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाली दूतावासले मलेसियामा रहेका सबै नेपालीलाई विशेष सावधानी अपनाउन भनेको छ ।
दूतावासका अनुसार मलेसियामा विषाक्त रक्सीका कारण बेलाबेला केहीको ज्यान जाने गरे पनि यति धेरै नेपालीको ज्यान गएको र बिरामी परेको यो पहिलो घटना हो ।
यस्ता घटना नहोस् भनेर दूतावासले विभिन्न सचेतनामूलक सन्देशसहित सतर्कता अपनाउन अनुरोध गरे पनि बेलाबेला रक्सीका कारण नेपाली कामदारको ज्यान जाने गरेको जनाएको छ ।
दूतावासले मलेसियाको हावापानी, वातावरण र संस्कृति नेपालको भन्दा फरक भएकाले आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा अपनाउन अपील गरेको छ ।