मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो

 असोज ३, २०७५ बुधबार १०:५७:४३ | उज्यालो सहकर्मी

मलेसिया - मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् ।

ज्यान जानेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका छन् ।

यसैगरी बिरामी हुनेमा संखुवासभाका लुंगनाथ मगर, सिन्धुलीका जितबहादुर माझी, बर्दियाका प्रविन थारु, सुनसरीका दुर्गाबहादुर राई, रोल्पाका भागीमान डाँगी, बाराका राधेश्याम बैठा, रुपन्देहीका रामचन्द्र लोध, गोरखाका लोकबहादुर बराम, सर्लाहीका रिखामान स्याङतान, नवलपरासीका दुर्गा सिंह राना, पाँचथरका सेतेवीर तुम्बाप्पो, मोरङका जम्वीरलाल झाँगड, ठेगाना नखुलेका सरु मगर, सुकुवल घिसिङ, राजेश कुमार र विमल कार्की छन् । उनीहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

यो पनि पढ्नुुहोस् 

विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, कडा रक्सी भएको स्वास्थ्य मन्त्रालयको दावी

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया