पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

 चैत १८, २०८० आइतबार ९:२१:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

लमजुङ – पहिरोले लमजुङको बेँसीसहर–मनाङको चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एक मात्र सडकखण्डको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले पहिरोका कारण गाडी चल्न नसकेको र यात्रु समस्यामा परेका बताउनुभयो । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया