काठमाण्डौ उपत्यकामा आज पाठ्यपुस्तक वितरण गर्ने तयारी

 चैत २०, २०८० मंगलबार ९:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जनक शिक्षा सामग्री केन्द्रले देशभरका ४५ वटा जिल्लामा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ । गएको चैत ८ गतेदेखि पुस्तक ढुवानी थालेको केन्द्रले अहिलेसम्म ४५ जिल्लामा पुस्तक पुर्‍याएको जनाएको छ । बाँकी रहेका ३२ जिल्लामा पनि केही दिनभित्र पुस्तक पुगिसक्ने केन्द्रका प्रवक्ता रविन्द्रकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार आजदेखि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा पुस्तक वितरण गर्ने तयारी छ ।

नयाँ शैक्षिक सत्र शुरू हुनु अगाडि नै सबै जिल्लाका सबै विद्यालयमा पुस्तक उपलब्ध हुने उहाँको भनाई छ । केन्द्रले यसअघि हिमाली तथा पहाडी भेगका दुर्गम क्षेत्रहरूलाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको हो ।

यसैबीच, जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयमा सबै जिल्लामा पुग्ने पाठ्यपुस्तक पुगे पनि विक्रेताहरु पुस्तक लिन नगएका कारण गोदाममा थन्किएका छन् । विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । केही पुस्तक पुगेका जिल्लामा पनि एसईई चलिरहेका कारण वितरण हुन नसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले समयमा बजेट निकासा नगर्दा विक्रेताले पुस्तक लिन गएका छैनन् ।

सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायीमार्फत् विद्यालय–विद्यालयमा पुर्‍याउने गरिएको छ । ढुवानी व्यवसायी, पुस्तक विक्रेता र विद्यालयबीचको आर्थिक समस्याले गर्दा पनि विद्यार्थीले समयमा पुस्तक नपाउने अवस्थातर्फ सचेत हुनुपर्ने जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रविन्द्र कुमार शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया