इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

 चैत २२, २०८० बिहिबार ९:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए । यस्तै लुटनका दइकी हाशिओकाले ४४औँ मिनेटमा आत्मघाती गोल गर्दा आर्सनलले अग्रता दोब्बर बनाएको थियो । यो जितसँगै आर्सनल ३० खेलमा ६८ अङ्कका साथ पहिलो स्थानमा  छ ।

यसैबीच, गएराति भएको अर्को खेलमा म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई ४–१ ले हराएको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा म्यानचेष्टरका लागि रोड्रीले ११ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका खेलमा फिल फोडेनले ह्याट्रिक गरका थिए । एस्टन भिल्लाका लागि जोन डुरानले एक गोल गरेका थिए । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ६७ अङ्कका साथ दोस्रो स्थानमा छ भने ३० खेलमा  ६७ अङ्क जोडेको सिटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया