ग्वार्कोमा बन्दै गरेको 'फ्लाईओभर' को काममा ढिलासुस्ती

 चैत २३, २०८० शुक्रबार १६:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको ग्वार्कोमा बन्दै गरेको 'फ्लाईओभर' को काममा ढिलासुस्ती भएको छ । २०७९ साल माघदेखि शुरु भएको फ्लाईओभरको काम गएको फागुन मसान्तभित्र सक्नुपर्ने थियो । तर तोकिएको समय सकिएको एक महिना हुनै लाग्दा पनि काम सम्पन्न भएको छैन ।

अहिलेसम्म फ्लाईओभरको ६० प्रतिशत भौतिक प्रगति भएको छ । ग्वार्कोमा फ्लाईओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर स्थानीयवासीले निर्माण कम्पनीको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले आउँदो जेठ मसान्तसम्म काम सक्न ध्यानाकर्षण गराएका छन् ।

बाग्मती प्रदेशका सांसद रामकृष्ण चित्रकारले आउँदो जेठ मसान्तसम्म काम पूरा नभए निर्माणस्थलमै अनशन बस्न बाध्य हुने चेतावनीसमेत दिनुभयो । निर्माण कम्पनी आरसी समानान्तर जेभीले चाैबीसै घण्टा काम गरिरहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया