आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो

 चैत २९, २०८० बिहिबार ६:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स गुजरात टाईटन्ससँग हारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थानलाई  ३ विकेटले हराएकाे  हो । यो सिजनमा राजस्थानको यो पहिलो हार हो ।

राजस्थानले दिएको १ सय ९७ रनको लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए । ओपनर साई सुदर्शनले ३५ रन जोडे । राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान सञ्जु स्यामसनले ६८ रन जोडे । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए । जित पछि गुजरात ६ खेलमा ६ अङ्क सहित छैठौँ स्थानमा छ । राजस्थान ५ खेलमा ८ अङ्क सहित शीर्ष स्थानमा छ ।

आईपीएलमा आज मुम्बई इन्डियन र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् । वाङखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया