रुकुम पूर्व : गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा ठोक्किएर वनमा आगलागी, ६ जना घाइते

 चैत २९, २०८० बिहिबार ९:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा एक आपसमा ठोक्किएर वनमा आगलागी भएको छ । आगलागी हुँदा ६ जना घाइते भएका छन् ।

हिजो दिउँसो रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एक आपसमा ठोक्किँदा आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका हुन् ।

घाइते सबैलाई उद्धार गरेर हिजो बेलुका नै सदरमुकाम रुकुमकोट पुर्याएर उपचार थालिएको छ । जङ्गलमा लागेको आगो निभाउने प्रयास भैरहेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो । रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्छ ।  
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया