नेपालकाे अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने एडीबीकाे प्रक्षेपण

 चैत २९, २०८० बिहिबार १५:५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ ।

एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको थियो । तर आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरेको हो । गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।

यो वर्ष आन्तरिक खपत बिस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको, इन्धनको मूल्य घटेको तथा व्यापार घाटामा कमी र रेमिट्यान्सको वृद्धिले समग्र आर्थिक वृद्धिमा सकारात्मक असर परेको एसियाली विकास बैंकले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ पुग्ने एडीबीको अनुमान छ ।

एडीबीका वरिष्ठ आर्थिक अधिकारी मानवर एस खड्काले यस आर्थिक वर्षमा नेपालमा कृषिको उत्पादन सन्तोषजनक रहने बताउनुभयो । उहाँले मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपदबाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताउनुभयो । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको उहाँले उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया