गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

 चैत २९, २०८० बिहिबार १५:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलहरूलाई भाग पुर्‍याउनकै लागि मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय भएको हो । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सात वटा मन्त्रालय फुटाएर नाै वटा पुर्‍याउने निर्णय गर्नुभएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रालय फुटाउने प्रस्ताव गरेको र बैठकले प्रस्ताव पारित गरेको एक जना मन्त्रीले जानकारी दिएका छन् । गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ सालको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर सात वटा मन्त्रालय बताउनुभएको थियो । तर यस पटक भने आफ्नो सत्ता जोगाउन र गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा ल्याएर बहुमत पुर्‍याउन अधिकारीले नै मन्त्रालयको सङ्ख्या सात वटाबाट नाै वटा पुर्‍याउन लाग्नुभएको हो ।

गण्डकीमा राप्रपाको समर्थनविना सत्तारूढ गठबन्धन र नेपाली कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ । राप्रपाले पनि सरकारलाई समर्थन गर्ने सम्भावना रहेको र उसका दुवै जना सांसदलाई मन्त्री बनाउन मन्त्रालयको सङ्ख्या बढाएको हुन सक्ने अनुमान छ ।

गण्डकीमा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा (माओवादी केन्द्र) को सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ६० जना सांसद छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया