काठमाण्डौसहित देशका केही ठाउँमा वर्षा : प्रदूषण र डढेलोबाट केही राहत

 चैत २९, २०८० बिहिबार १६:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले काठमाण्डौसहित बाग्मती, कोशी प्रदेशका पहाडी भेगमा पानी परिरहेकाे छ । केही भागमा चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले ठूलै पानी परे पनि राति भने कम वर्षा हुने उहाँले बताउनुभयो ।

भोलि दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले प्रि–मनसुन फेरि शुरु भएको देखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । केही दिनयता काठमाण्डौमा बढेको वायु प्रदूषण पानी परेपछि कम हुँदै जाने उहाँले बताउनुभयो । यस्तै डढेलो पनि वर्षाले निभाएको छ ।

वर्षा नहुँदा मङ्गलवार र बुधवार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाण्डाै विश्वकै पहिलो प्रदूषित शहर बनेकाे थियाे । 'एअर क्वालिटी इन्डेक्स' का अनुसार बुधवार दिउँसो वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ सम्म पुगेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया