एसीसी प्रिमियर कप भाेलिदेखि ओमानमा शुरु हुँदै, नेपालले मलेसियासँग खेल्दै

 चैत २९, २०८० बिहिबार १८:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भोलिदेखि ओमानमा एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । भोलि एकैदिन चार वटा खेल हुँदैछन् । नेपालले भोलि पहिलो खेल बेलुका सवा ४ बजे मलेसियासँग खेल्दैछ । यो खेल अल अमिरातमा हुनेछ ।

त्यसअघि बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।

प्रतियाेगितामा नेपालले दाेस्राे खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते साेमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणकाे अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

भोलिदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

टी–२० फम्र्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया