काठमाण्डौ महानगरका १५ वटा वडामा 'एक वडा, एक नमुना उद्यम कार्यक्रम' शुरु

 चैत २९, २०८० बिहिबार १८:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले १५ वटा वडामा 'एक वडा, एक नमुना उद्यम कार्यक्रम' शुरु गरेको छ । महानगरको सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर वडाको उत्पादन सार्वजनिक गर्दै कार्यक्रम थालनी गरेको हो ।

कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान सानासाना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिनुभयो । यस वर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि महानगरले एक करोड रुपैयाँ विनियोजन गरेको छ । वडाहरूले स्थानीय उद्यमीको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् ।

विभागकाअनुसार अहिले १५ वटा वडाका लागि एक/एक वटा उद्यम छानिएका छन् । वडा नम्बर १ र ३० मा गुन्द्रुक र मस्यौरा, वडा–२ मा मस्यौरा र तितौरा, वडा–३ र ४ मा फेल्टको सामान, वडा–७ मा क्रिस्टल तथा पोतेको गहना, वडा–८ मा दुनाटपरी र रुद्राक्षको ढक्कीे, वडा–९ मा रुद्राक्षको माला र धुप बनाउने, वडा–१० मा मस्यौरा र अचार बनाउने उद्यम छानिएका छन् ।

यसैगरी वडा–१२ मा सुकुल, वडा–१६ मा काष्ठकला, वडा–२१ मा कटाँकी मूर्ति कुँद्ने, वडा–२२ मा जुत्ता बनाउने, वडा–२४ मा झोला बनाउने र वडा–३२ अचार बनाउने उद्यम छानिएका छन् । ‘एक वडा एक उद्यम, आफ्नै सीप आफ्नै मौलिकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ भन्ने नारा राखेर कार्यक्रम चलाउन थालेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया